०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

प्रदेश २ मा १४ प्रतिशत विद्यार्थी उतिर्ण

Logo
प्रकाशित बिहिबार, आषाढ १२, २०७६

जनकपुरधाम,असार १२ गते।प्रदेश नम्बर २ मा कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएको छ । जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् । देशभरिमा विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका थिए ।

जसमा प्रदेश २ मा १४.३९ प्रतिसत विद्यार्थी उतिर्ण भएको छ ।
प्रदेश २ को आठवटै जिल्लामा १.४३ प्रतिसत विद्यार्थी ए प्लस ल्याएका छन । कुल ९ सय ३१ विद्यार्थी मध्ये छात्र तर्फ ६ सय ६० र छात्रा तर्फ २ सय ७१ विद्यार्थी उतिर्ण भएका छन । त्यस्तै ७.१ प्रतिसत विद्यार्थी ए जिपिए ल्याउन सफल भएका छन जसमा कुल ४ हजार ५ सय ९५ मध्ये छात्र तर्फ ३ हजार २५ र छात्रा तर्फ १ हजार ५ सय ७० विद्यार्थी उतिर्ण भएका छन ।

त्यसैगरि ११.१३ प्रतिसत विद्यार्थी वी प्लस जीपीए ल्याउन सफल भएका छन जसमा कुल ७ हजार २ सय १५ उतिर्ण भएको विद्यार्थी मध्ये छात्र तर्फ ४ हजार ६ सय ९२ र छात्रा तर्फ २ हजार ५ सय ३५ विद्यार्थी उतिर्ण भएका छन । प्रदेश २ को आठवटै जिल्लामा १३.४४ प्रतिसत विद्यार्थी वी जिपीए ल्याएका छन जसमा कुल ८ हजार ७ सय १३ उतिर्ण भएको मा छात्र तर्फ ५ हजार २ सय ८२ र छात्रा तर्फ ३ हजार ४ सय ३१ विद्यार्थी उतिर्ण भएका छन ।

१८.६६ विद्यार्थी सी प्लस ल्याउन सफल भएको मा कुल १२ हजार ९५ विद्यार्थी उतिर्ण भएको मा छात्र तर्फ ६ हजार ३ सय ६७ र छात्रा तर्फ ५ हजार ७ सय २८ विद्यार्थी उतिर्ण भएका छन । सी जिपीए २५.३२ प्रतिसत ल्याउन सफल भएका छन भने कुल १६ हजार ४ सय ११ उतिर्ण मध्ये छात्र तर्फ ७ हजार ८ सय २६ र छात्रा तर्फ ८ हजार ५सय ८५ विद्यार्थी उतिर्ण भएका छन । त्यसैगरि १८.१७ प्रतिसत विद्यार्थी उतिर्ण भएको मा कुल ११ हजार ७ सय ७५ विद्यार्थी उतिर्ण भएको मध्ये छात्र तर्फ ४ हजार ९ सय १८ र छात्रा तर्फ ६ हजार ८ सय ५७ उतिर्ण भएका छन ।

त्यसतै २.२४ प्रतिसत विद्यार्थीले डी जीपीए ल्याएका छन जसमा कुल १ हजार ४ सय ५४ विद्यार्थी उतिर्ण भएको मध्ये छात्र तर्फ ५ सय २४ र छात्रा तर्फ ९ सय ३० विद्यार्थी उतिर्ण भएका छन । र २.४७ प्रतिसत विद्यार्थीले ई जिपीए ल्याएका छन जसमा कुल १ हजार ६ सय ४ विद्यार्थी उतिर्ण भएको मा छात्र ८ सय १५ उतिर्ण भएका छन भने छात्रा तर्फ ७ सय ८९ विद्यार्थी उतिर्ण भएका छन ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक र फरक बनाएर परीक्षा लिइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो। टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। “मेरो जागिर भने पनि रोजगारी भने पनि […]