१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

एसईईमा सोचे जस्यो रिजल्ट नआएपछि बिद्यार्थीले गरे आत्महत्या

Logo
प्रकाशित शनिबार, आषाढ १४, २०७६

जनकपुरधाम,असार १४ गते।यस वर्षको माध्यमिक शिक्षा परिक्षा(SEE)मा सोचे जस्यो रिजल्ट नआएपछि एक विद्यार्थीले आत्महत्या गरिएका छन।

शुक्रबार बाजुरा जिल्लाको बडिमालिका नगरपालिका (१ पानीलेखको बुदे कार्कीका १५ वर्षीय छोरा जंग कार्कीले गाउँको नजिकै झुण्डीये आत्महत्या गरेको प्रहरीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार एसइई परीक्षामा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि आत्महत्या गरेको गरिएको बताइएको छ। एसइईको जिपीए प्रणाली अनुसार उनीे २ विषयमा कमजोर नतिजा ल्याएका थिए।

सो जाल्पा मावि पिनालेखमा अध्ययनरत कार्की गाउँनजिकैको बाया काटीया नजिकै पर्ने नाउली खोलामा झुण्डीएको अवस्थामा २ दिन पछि फेला परेका हुन्। अंग्रेजी विषयको किताब, छाता र डटपेन झुण्डीएको स्थानमै भेटिएको स्थानीय प्रशान्तराज जोशीले बताएका छन्।

परीक्षाफल प्रकाशित भएको खबर सुने लगत्तै तनाबमा देखिएको आफन्तले बताएका छन्। कार्की परीक्षा राम्रै लेखेर पनि नजिता राम्रो नआएको भन्ने तनाबमा रहेको एकजना आफन्तले बताए। पछि, उनी कसैलाई थाह नै नदिएर घरबाट फरार भएका थिए। प्रहरीले भने आत्महत्याको कारण बारे अनुसन्धान गरिरहेको बताएका छ्न।( नागरिक न्युजमा लेखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]