१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

एशियन लाइफद्वारा आमा बुवा गुमाएकि प्रीयंकालाई बिमा रकम हस्तान्तरण

Logo
प्रकाशित मंगलबार, आषाढ १७, २०७६

झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ ।

झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ लाख ५ हजार रुपैयाँको जीवन बीमा गरेकी प्रियंकाकी आमा ३५ वर्षीया टिकादेवी रायमाझीको मृगौला रोगबाट मृत्यु भएपछि उनको हकवालाको रुपमा रहेकी उनकी एकमात्र छोरी प्रियंकालाई कम्पनीले बीमा रकम हस्तान्तरण गरेका छन।

कम्पनीले प्रियंका नेपाललाई १ लाख ४१ हजार १५ रुपैयाँको चेक प्रदान गरेको हो । आइतवार एक कार्यक्रमकाबीच सुनसरी क्षेत्र नंवर २ का प्रदेश सभा सदस्य सर्वध्वज साँवाले सो चन प्रदान गरेको हुन् ।

सो चेक हस्तान्तरण गर्दै सांसद साँवाले थोरै थोरै रकम बचत गरेर बीमा गर्न सके आफ्नो जीवन रहँदा आँफैले र जीवन पश्चात आफन्तले पनि राहत पाउने भएकाले यो आर्थिक सुरक्षाको राम्रो माध्यम उनको भनाइ रहेको छ।

उक्त बीमा रकम हस्तान्तरण कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमीरे, सेतो बंगला स्कूलकी प्रिन्सिपल कविता लम्साल कम्पनीका सिनियर अभिकर्ताहरु जेपी काप्ले, लिलाराम पोख्रेल, राधा आचार्य, दिपक दाहाल तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]