०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

सहिदशम्भु स्मृति प्रतिष्ठानद्वारा सरस्वती माविका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण

Logo
प्रकाशित बुधबार, आषाढ १८, २०७६

अर्जुन साह,जनकपुरधाम,असार १८ गते । धनुषाको सबैला नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रममा विच विद्यार्थीलाई खेलकुद सामाग्री दिएका छन।बिद्यार्थी लाई मनोवल बढाउन र मनोभावना र उत्साहलाई थप बलियो बनाउन सहिदशम्भु स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थी र क्लबलाई खेलकुद सामाग्री तथा पुरस्कार सहयोग गरेका छन।त्यसैगरी फुटबल ,भलिबल ,नेट लगाइएका सामाग्रीहरु दिएका हुन। प्रतिष्ठानका अध्यक्ष रोसन यादबले युवा,विद्यार्थीलाई लगनशीलता ,नगरभित्रका प्रत्येक विद्यालयमा शैक्षिक सामाग्री तथा अन्य सामाग्री बितरण गर्ने बताएका छन।उक्त कार्यक्रममा पुरस्कार स्वरुप बोर्ड उत्तीर्ण गरेर नौ कक्षामा क्रमश प्रथम ,द्वितीय र तृतीय अंक प्राप्त गरेका बिद्यार्थीहरु नरेश साह,राकेश साह र सोनाली साहलाई शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएका छन।कार्यक्रम सबैला नगरपालिका र सहिदशम्भु स्मृति प्रतिष्ठानको सहकार्यमा गरिएको थियो। कार्यक्रमको अध्यक्षता रोसन यादब तथा प्रमुख आतिथ्य उपमेयर निलु कापरको उपस्थितिमा कार्यक्रम भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]