१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

धुलो उड्ने गरेको कारण वैकल्पिक उपायको मांग गर्दै,स्थानीय युवा र व्यापारीहरुले चक्काजाम गरे

Logo
प्रकाशित शुक्रबार, आषाढ २०, २०७६

शम्भु पण्डित,जनकपुरधाम, असार २० गते ।धनुषाको सबैला नगरपालिका -९ स्थित भठियन चौकमा ठेकेदारको लापरवाहीको कारण धुलोले जीवन कष्टकर भएको भन्दै स्थानीय युवा तथा व्यापारीहरुले चक्काजाम गतिएको छ।हुलाकी राजमार्ग अन्तर्गत निर्माण कार्य भइरहेका सडकको लागि जथाभावी माटो खनेको र दिनभरि टिपर देखि टयाक्टर मोटरसाइकल लगायतका सवारी साधन चलदै आएको कारण सुक्खायाममा दिनहुँ धुलो उडने गरेको कारण वैकल्पिक उपाय खोज्न मांग गर्दै स्थानीय युवाहरुले आज शुक्रबार बिहान ८ :२० मिनेट देखि चक्काजाम समेत गरेका छन।हावाको कारण तथा यस मौसममा धुलो कारण टिपर अस्थिर चलाउने माग र निर्माणधिन रहेको सडक सबैलादेखि भठियन सम्मको हुलाकि सडकमा अत्यधिक धुलोधुंवा उडेर स्थानीय व्यापारीहरु बाध्य भएर बाटोजाम गरेका छन ।युवा, व्यापारीहरुले बाटोमा  टेबुल, बेन्च कुर्सी लगायतका सामाग्री राखेर चक्काजाम गरेका हुन ।व्यापारीहरुले सडक बनाउनु राम्रो कार्य हो, तर समय समयमा पानी नछर्कीदा स्थानीय व्यापारीहरु सहित यात्रुहरुलाई समेत बस्न त कुरै छाडौं साँस लिन पनि गाह्रो भएको भन्दै स्थानी युवा कैलाश कापरले जनकारी दिएको छ।यता स्थानीय युवा संजय प्रधानले भन्छ हामीहरु हिजो बिहिवार पनि सडक जाम गरेको थिए तर ठेक्कामा लिएको ठेकेदारले अहिले सम्मसडकमा पानी पनि छर्किनु भएको छैन। त्यसैकारण यहाको स्थानीय बासिन्दालाई दिन दिने स्वास्थ्यमा समस्या आएको न्यूजमधेश संगकुरा कानी गर्दै बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]