०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

निलम्बित सांसद चौधरीको स्वास्थ्यमा सुधार

Logo
प्रकाशित सोमबार, आषाढ २३, २०७६

काठमाडौ : राष्ट्रिय जनता पार्टी नेपालका निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्स हुने भएको छ ।
सांसद चौधरीलाई ढाडमा समस्या आएपछि विगत १९ दिनदेखि काठमाण्डौँ स्थित रहेको वीर अस्पतालमा उपचार गराउदै आएको थियो । डाक्टरहरुले उनलाई दैनिकरुपमा चेकजाँच गराउन सल्लाह दिएको छ । सोही अनुसार उनलाई नियमित चेकजाँच गराउनु पर्नेछ । चौधरी आज सोमबार दिउँसो ३ बजे डिल्लीबजारस्थित करागारमा फर्किने भएको उनका परिवारले बताए ।
चौधरीलाई ढाडमा समस्या आएपछि उनलाई खुट्टामा नेल बाँधेर वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । नेल बाँधेर पशुजस्तै व्यवहार गरेको भन्दै सरकारको चर्को बिरोध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेल बाँध्ने प्रहरीलाई कारबाहीको निर्देशन समेत दिएका थिए ।
चौधरी कैलाली क्षेत्र नं १ बाट राजपाका निर्वा्चित प्रतिनिधि सभा सांसद हुन् । उनले ३४ हजार ३४१ मत ल्याएर विजयी हुनु भएका थिए । टीकापुर घटनाको अभियुक्तरुपमा रहेका उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाए पछि उनका परिवारजनले दुःख पोखे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]