०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

महोत्तरीमा व्यापक अनियमितता माटोमै ढलान

Logo
प्रकाशित बुधबार, आषाढ २५, २०७६

मौसम झा ,जलेश्वर ।महोत्तरीको पिपरा गाउँपालिका -२ स्थित रहेको विद्यालयदेखि पर्सासम्मको छ्डकीमा २४ गतेदेखि माटोमा नै ढलान सुरु गरिएको छ । ढलान २ सय ६५ मिटर  गर्नु पर्ने छ।त्यस्मा कुल बजेट २५ लाख रुपैया छुटियाएको छ।सो सडकमा मंगलवारदेखि ढलान सुरु भएको हो ।

वडा अध्यक्ष ब्रम्हदेव यादव, प्रशासकिय अधिकृत र उपाध्यक्ष समेतको मिलोमतोमा भइरहेको सो ढलानमा व्यापक अनियमितता भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।तर केहि दवंगहरुलाई राखेर भइरहेको सो ढलानको विरोध डरले स्थानीय बासिन्दाहरुले गर्न सकेका छैनन् ।पिपरा गाउँ पालिकाका अध्यक्षको निधन भइसकेको छ ।उपाध्यक्षले कामकाज गरिरहेकी छन् ।पिपरामा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको वर्चस्व रहेको छ ।

आइतवार, सोमवार माटो हालिएको सडकमा मंगलवार अपरान्हदेखि ढलान सुरु गरिएको छ ।मो.मञ्जुर आलमको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले माटोमा ढलान सुरु गरेको छ ।१५ फिट चौडाईमा ढलान हुने बताइएपनि १२ फिट भन्दा बढि नरहेको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]