०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

कोशीमा खतराको संकेत , पानीको बहाव उच्च हुँदै ३२ वटा ढोका खुला ,सतर्क हुन आग्रह

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

कमल कुमार मण्डल

राजविराज ।लगातार वर्षाले सप्तकोशी नदिमा शुक्रबार बिहान दुई लाख क्युसेक नाघ्ने अनुमान गरिएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी भएको जनाएको छ ।

यसैगरी बिहीबार बिहान पानीको बहाव एक लाख २१ हजार थियो भने बिहिवार साँझ मापन गर्दा एक लाख ६४ हजार १५० क्युसेक रहेकोे थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव वढेको हो ।

यता शुक्रबार बिहानको मापन अनुसार अहिले कोशीमा पानीको बहाब बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी गराएको छ।

पानीको बहाव १ लाख ६९ हजार क्यूसेक प्रतिसेकेण्ड माथि पुगेपछि कोशीका ३२ वटा ढोका खोलिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानीको बहाव अझै बढ्दै गए सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । सप्तरीका विभिन्न ठाउँमा डुबानको खतरा रहेकोेले सतर्क रहन आग्रह गरेको छ ।

नदिमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन ।अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च सतर्क रहन आग्रह गरिएको हो ।

२०६५ भदौ २ गते १ लाख ६८ प्रतिसेकेन्ड क्युसेक पानीको बहाव भएकाले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काउँदै सप्तकोशीले सुनसरीका ४ वटा गाविस डुबाएको थियो । भारतको विहारमा पनि कोशीले उठीबास लगाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]