०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

रौतहटको दर्जनौ गाउँहरु पानीको डुबानमा, उच्चसतर्कता अपनाउन प्रशसनको आग्रह

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

गोविन्द ठाकुर, गौर । चुरे क्षेत्रमाभारी वर्षाका आएपछि पूर्वपश्चिम राजमार्गको लच्कामा पानी जमेपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण रौतहटको एक दर्जन भन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।साना तथा ठुला सवारीलाई समेत आवत जावतमा समस्या भएपछी सबारीलाई आवत जावत गर्न प्रहरीले रोकेको छ । बिहान पश्चिम आउँदै गरेको जिप बगाउनबाट जोगीए पछि साना सवारीहरुलाई रोकेको हो ।
चन्द्रपुर नगरपालीका २ स्थित लच्कामा पानी जमेका कारण सवारी बगाउने खतरा बढेपछि कार, जिप, मोटरसाइकल लगायतका साना सवारीलाई रोकेको ईलाका प्रहरीका डिएसपी कवित कटुवालले जनाकारी दिनुभयो ।
अहिले ठुला सवारीलाई मात्र जान दिइएको छ । चन्द्रपुरकै चोक, बजार क्षेत्रका घरहरु डुबानमा पारेको छ । प्रहरीले स्काभेटर लगाएर पानी बाहिर पठाउने काम गरिरहेको छ । यता भारी वर्षाले जिल्लाको औरैया, बडहर्वा, बन्जरहा, बेलबिछवा, गढो ईशनाथ लगायतका गाउँहरु समेत डुबानमा परेको छ । पानीको निकाश नहुदा गाउँबस्ती डुबानमा परेको बताइएको छ । लालबकैया र बागमति नदिमा पानीको मात्रा बढे पछि स्थानिय प्रशसनले उच्चसतर्कता अपनाउन आग्रह गरेका छन् । दुवै नदिले वर्षेनी क्षति पुर्याउँदै आएको छ । चलमाहा, चादी र झाँझ खोलामा बाढी आए पछि किशानको उखु र धान बाली समेत डुबानमा परेको छ ।
सदरमुकाम डुबानलगातारको वर्षाले सदरमुकाम गौरमा समेत पानीको सतह बढ्दै गएपछि सदरमुकाम यतिखेर उच्च जोखिमा रहेको छ । गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेले ठूलो बाढी आउने खतरा देखिएकोले प्रमुख जिल्ला अधिकारी किरण थापाले उच्चसतर्कताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]