१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

कमला नदिमा २४ घण्टा देखि बाढीमा फसेको पुजारीलाई उद्घार गर्न हेलिकप्टरको माग

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

ओमविक्रम कुशवाहा

जनकपुरधाम। धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिको छेउमा २४ घण्टा अगाडि देखिनै बाढीमा फसेको मुखियाले ज्यान बनाउन सम्बन्धि निकाइलाई गुहार गर्दै।

सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर करिब ५ वर्ष अगाडि देखि बस्दै आइरहेका सिरहाको कर्जन्हा नगरपालिका ।२ बस्ने गुद्रु मुखिया रातिदेखी नै बाढीमा फसेको छ ।

पहिलेदेखि नै कुटि बनाएर बस्दै आएका मुखिया आफनै कुटिमा सुतिरहेको अवस्थामै अचानक बाढी आउँदा उनको कुटि बगाएर लगेपनि आफै बचेर रुखमाथि चढेको हो ।

विहीबार रातिदेखि नै रुखमा चढेर मुखिया सम्बन्धित निकाइलाई ज्यान बचाउन माग गरेको छ । यता, जिल्ला प्रहरी कार्यालय सिरहाले उद्घारको लागि पहल सुरुगरेपनी उद्धारमा गर्न समस्या रहेको बताए।

उद्धार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन् । भारी वर्षा भइरहेका कारणले उद्वार गर्न कठिनाई भएको बताए। उनको उधारको लागि हेलिकप्टर मगाइने भएको छ ।
वर्षा र अत्यधिक बाढीका कारण उद्धार गर्न कठिनाई भएको सिरहा प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले बताए ।

मुखियाले उद्धार गर्ने टोली परिचालन गरिएपनि नदीमा पानीको चाप अत्यधिक रहेका कारण उद्वार गर्नमा समस्या रहेकोले हेलिकप्टर मगाएर उद्धार गरिने तयारी गरिएको डिएसपी अपिलराज बोहराले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]