०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसको राहत

Logo
प्रकाशित आइतबार, आषाढ २९, २०७६

मुकेश कुमार राउत

जनकपुरधाम । अविरल वर्षको कारण डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसद्वारा राहत दिएको छ।

लगातार वर्षाले गर्दा जनकपुर उपमहानगरपालिका वाड न १ स्थित रहेका मुसहर समुदायलाई नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले २ दर्जनभन्दा बढी घर परिवारलाई राहत समाग्री वितरण शनिबार गरिएको छ।

राहत वितरणमा रेडक्रसको धनुषा शाखाका सभापति नरेश प्रसाद सिंह ,धनुषा जिल्ला प्रमुख प्रदीप राज कनेल,एसपी शेखर खनाल ,समाजसेवी अमर चन्द्र अनिल र वडा न १ का वडाअध्यक्ष लगाइतका उपस्तिथिमा राहत वितरण गरेका थिए।

रेडक्रसको स्वमसेवक जितेन्द्र साह,रामनाथ महतो,नरेश यादव समेतको टोलि पुगेका थिए।

नेपाल रेडक्रस सोसाइटी धनुषा र जिल्ला प्रशासन कार्यलय धनुषाको समन्वयमा एक पिस त्रीपाल,दुई पिस कमल,चावल लगाइतका खाद्यान्न समाग्रीहरु वितरण गरेको रेडक्रसमा कार्यरत लेखापाल अशाराम यादवले जानकारी दिदै भने हामीहरु शुक्रवार देखिनै बाढीमा पर्ने ब्यक्तिहरुलाई प्राथमिक उपचारका गरेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]