१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

जनकपुर – जयनगर रेलको लिक कमला नदिको बाढीले भत्काए

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

जनकपुरधाम । जनकपुर-जयनगर रेलको लिक कमला नदीको बाढीले भत्किएको छ। लगातार एक हप्ताको वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले तटबन्ध तोडेर रेलको लिक भत्काएको छ।

धनुषाको पुर्वि जनकनन्दनी गाउँपालिका-१ इनरबा टोलमा कमला नदिमा बाढी आएपछिको पानीले रेल्वे लिक भत्काएको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनियर विनोज ओझाले बताएका छ्न। जयनगर-जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म पानी तीव्र रुपमा प्रवाह हुन थालेपछि करिब ६० देखि ७० मिटरसम्मको लिकमा क्षति पुगेको ओझाले जानकारी दिएको छ।

इनर्वाबाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत बाढीले लिक ट्रयाक बगाएको छ। बाढीले रेलको ट्रयाक बगाएको बारे आफूहरुले भारतीय पक्षलाई जानकारी गराइसकेको ओझाले बताए। अत्याधिक वर्षाका कारण जनकपुर उपमहानगरपालिकाको कुर्था स्टेशनको पर्खालसमेत भत्किएको छ। बाढीबाट भएको क्षतिबारे अनुगमन तथा निरीक्षण कार्य भइरहेको उनले बताए।

बहुप्रतीक्षित जयनगर-जनकपुर रेल सेवा असोजदेखि नै सञ्चालनको तयारी थियो। रेल विभागले भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडसँग रेल खरिद सम्झौतासमेत गरिसकेको छ। ८५ करोड रुपैंयाँको दुईवटा इन्जिनसहित दुई रेल खरिद गरिने जनाइएको छ। रेल्वे परियोजनामा भारत सरकारको करिब १० अर्ब लगानी छ। बाढीले लिक भत्काएपछि रेल सञ्चालनको लक्ष्य समयमै बन्ने अवस्था छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]