०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

खाँडाे नदिकाे तटबन्ध मर्मत कार्यमा जुटे नेपाल सेना

Logo
प्रकाशित बुधबार, साउन ०१, २०७६

 

कमल कुमार मण्डल ,राजविराज ।सप्तरीको तिलाठी काेईलाडी गाउँपालिका तिलाठी स्थित मंगलबारदेखि खाँडाे नदिकाे बाँध मर्मत कार्य सञ्चालन गरिएको छ ।

तिलाठी तर्फ नदिकाे पानीका बहाब उच्च रहेकोले गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहकाे अगुवाइमा पाईलिंग, जालि, बाेराले साे कार्य थालिएको हाे । नेपाल अार्मी, नेपाल प्रहरी, शस्त्र प्रहरी, जिल्ला प्रहरीका टाेली, कुनाैली भंसारका टाेली गरि जम्मा १ सय जनाको टोली खटिएकाे गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बालुवा नजिकमा नभेटिएकाेले मंगलबार लगभग १० अाेटा जाली तथा १५ सय बाेरा भरिएकाे छ । खाँडाे नदि बाँधमा बढी कटान भएकाेले दुई तिनदिनमा रफ्तारमा काम गरिने अध्यक्ष सिंहले बताएका छन् । अविरल बर्षा तथा खाँडो, महुली, जिता र कोशीनदीको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएको छ । तिलाठीमा करिब एक दर्जन घर बाढीबाट भत्किएको छ ।
पुर्व सिचाइ मन्त्री उमेश कुमार यादव तिलाठी काेइलाडी गाउँपालिकाका बाढी पिडितका लागि २५ हजार १ सय ५५ रुपैयाँ सहयाेग गरेका छन् । यसैगरी प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शेलेन्द्र प्रसाद साहले बाढी पिडितका लागि १ लाख रुपैयाँ सहयाेग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]