१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

मुख्यमन्त्री राउत, राहत वितरणमा व्यस्त

Logo
प्रकाशित बिहिबार, साउन ०२, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा बढी प्रभावित रौतहट जिल्लाका बाढी पीडितलाई राहत समाग्री वितरण गर्नुभएको छ ।
गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा आज बिहान मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुल लगायतको समाग्री वितरण गर्नुभएको हो ।
प्रदेश सरकारले बाढी पीडितलाई राहत वितरण गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्री राउत आज बिहानैदेखि रौतहटको विभिन्न स्थानमा बाढी प्रभावितलाई राहत वितरण गर्नुभएको छ ।
राहत वितरण कार्यलाई तदारुकताका साथ अगाडी बढाउँदै प्रदेश सरकारले तत्कालै उपलब्ध गराएको दश दश लाख रुपैयाँको राहत समाग्री वितरण गरिसकेको बताए । बाढी पीडितलाई राहत वितरणको लागि प्रदेश सरकारले विभिन्न समुह बनाएर जिल्लाहरुमा परिचालन गरेको हो ।
२५ किलोग्राम चामल, चार किलोग्राम दाल, झुल, त्रिपालसहित दुई हजार पाँच सय ७५ रुपैयाँको समाग्री वितरण गरिएको छ ।प्रदेश सरकारले एक करोड ३५ लाख बराबरको राहत समाग्री रौतहट जिल्लाको बाढी पीडितलाई वितरण गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]