१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

बाढी पीडित पीडा बुझदै सांसद उमाशंकर अरगरिया

Logo
प्रकाशित शनिबार, साउन ०४, २०७६

जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले आज चौथो दिनपनि बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।

सांसद अरगरियाले शनिबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको औरही गाउलालिका अन्तगत झिटकौहिया,पौरेश्वर ,कपटौल,बिकमपुर,चक्कर ,औरही,हरुसाहा रहेको बाढी प्रभावित क्षेत्रमा स्थल गत निरीक्षण गरिएको छ।

त्यसैगरी यता धनुषाको कमला नगरपालिका अन्तरगत सराबे,माची,पर्सा,मंगराहा,दुबैरकोठ हटलेटवा,सखुवा,मडान,सिंग्याहा,जागिरटोल ,हथमुण्डा,लक्कर ,टरिया,सघारा,भलुवाहा लगाइत विभिन्न वाडमा स्थल गत बाढी प्रभावित क्षेत्रमा अनुगमन गरिएको छ।अनुगमनकै क्रममा हिजो शुक्रबार जनकपुर उपमहानगरपालिका वाड न १७ स्थित रहेको कनरपट्टी,औसरा र वाड न १८को भोइल सहितको गाउहरु अनुगमन गरेका थिए।सांसद अरगरियाले उक्त क्षेत्रको बाढि प्रभाविका सर्वसाधारण जनताहरुसंग भेट गरि समस्याको बारेमा जानकारी लिए।

धनुषाको क्षेत्र नं २ अन्तरगतमा सवैभन्दा बढि प्रभावित जनकनन्दनी गाउपालिका वाड न १ स्थित रहेको इनर्वा ,मल्हनिया र वाड न ६को बल्हा भएको अनुगमनको क्रममा देखिएको छ। त्यसैगरि भारी वर्षाका कारणले कमला नदिमा आएको पानीको बहाव उच्च भएकोले धनुषाको फुलबारीया र मल्हनियाका बिचमा रहेको कमला नदिको तटबन्ध भत्किएको छ।

तटबन्ध भत्किएकोले हजारौं घरपरिवार डुवानमा परेको छ। त्यसैगरि भारी वर्षाका कारण जनकनन्दनी गाउपालिका,औरही गाउपालिका र कमला नगरपालिकामा रोपाई भएको खेत डुवानमा परेपछि किसानलाई भारी क्षति भएको अवलोकन पछि न्युज मधेश सङ्ग कुरा गर्दै सांसद अरगरियाले भने भारी वर्षाबाट भएको किसानको क्षति तथा सर्वसाधारणहरुको घर घरमा पानी पसेर भएको लाखौ क्षतिको क्षतिपुर्तीका लागि सरकारसंग माग गरिएको छ ।

बाढिले विस्थापित भएको हजारौं घरपरिवालाई अविलम्ब जनता अवासको कार्यक्रमलाई प्राथमिकता दिएर अवास निर्माण गर्न सरकार संग माग गरेको बताए । त्यसैगरी विस्थापित भएको परिवारहरुलाई सामुहिक भोजनको व्यवस्था गर्नुको साथै भत्केको बान्धलाई छिटोभन्दा छिटो ब्यबस्थापन गर्न सरकार सङ्ग जोरदार माग गरेको बताए।

यता मौसम विभागले भने आइतबारसम्म पानी पर्ने चेतावनी दिएकोले सर्तक रहन सर्वसाधारणलाई आग्रह गर्दै किसानहरुलाई भएको क्षतिको क्षतिपूर्ति दिलाउन सरकार माग गरे ।

शनिबार अबलोकन कार्यक्रममा समाजवादी मुसलिम प्रदेश न २ को सचीव हबिब मनसुरी ,पार्टीको औरही गाउपालिकाको अध्यक्ष कमलदेव मण्डल ,समाजवादी पार्टी नेपाल युवा नेता बिनोद रोहिता,मनिकलाल मण्डल , शंकर साह,अनिल ,रामहृदय यादव,गम्भीर साह र छठु मण्डल लगाईत २ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यता सांसद अरगरियाले औरही गाउँ पालिकामा पनि स्थलगत अनुगमन गर्नुभएको छ । जलाद पुलको पूर्व छेउ पानीले बगाएपछि आज बान्ध बधेपछि जनकपुर यदुकोहा सडक खण्डमा पुर्न रुपमा सुचारु भएको छ।

सांसद उमाशंकर अरगरियाको स्वकीय सचीव प्रमोद अधिकारीले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]