१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

महोत्तरीको बाढी प्रभावित क्षेत्रमा प्राविधिक टोलि सहित मुख्यमन्त्री राउतद्वारा निरीक्षण

Logo
प्रकाशित मंगलबार, साउन ०७, २०७६

जनकपुरधाम। प्रदेश २ कामुख्यमन्त्री मो लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको मंगलबार निरिक्षण गरिएको छ ।

प्राविधिक टोली सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नु भएको मुख्यमन्त्री राउतले महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नपा, बलबा नपा, महोत्तरी गाउपालिका, मनरासिसवा नगरपालिका र जलेश्वर नगरपालिकाको अति प्रभावित क्षेत्रहरुको निरीक्षण गरिएको छ ।

महोत्तरी भएर बग्ने रातु खोला, जंग्हा र औक्सी नदीका कारण महोत्तरीको अधिकांश भूभागमा कटान र डुवानले अरबौ रुपैया बराबरको क्षति भएको छ । जिल्लाको स्थलगत निरीक्षण पछी जलेश्वरमा संचारकर्मीहरु संग कुरा गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश भरिमै बाढी बाट सबै भन्दा बढी क्षति महोत्तरी जिल्लामा भएको बताउनु भयो ।

उहाँले जनजिवन सामान्य बनाउन तथा बाढी पिडितहरुलाई खाद्यान्न,स्वास्थ्य तथा अन्य विभिन्न किसिमका राहतकार्यमा लाग्न सम्बन्धित पक्षहरु संग आग्रह समेत गर्नु भयो । मूख्यमन्त्री राउतले बाढी बाट भएको क्षतिको भर्पाइ गर्ने क्षमता प्रदेश सरकार संग नभए पनि राहतमा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । बाढी बाट भएको क्षतिको एकीन विवरण संकलनको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्नु हुँदै उहाँले विस्थापित भएकाहरुको पुर्नवास र क्षतिग्रस्त क्षेत्रको पुनर्निमाणको लागी प्रधानमन्त्री संग भेटेर दुई दिन भित्रै छलफल गरिने समेत बताउनु भयो ।

निरीक्षण टोलीमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा,मुख्यमन्त्री कार्यालयको राहत वितरण टोली र प्राविधिक टोली, समाजवादी पाटी महोत्तरीका अध्यक्ष नागेन्द्र यादव, सहित स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]