१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

सांसद अरगरियाले बाढी पीडितका लागि दीर्घकालीन योजना ल्याउन सरकारसंग मांग ( भिडियो सहित)

Logo
प्रकाशित बिहिबार, साउन ०९, २०७६

काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने सचेतक अरगडियाको आग्रह छ । बाढिबाट मुलुक अक्रान्त बनेको अबस्थामा कांग्रेसले सांसद बैठक अबरुद्ध गरेर अलोकतान्त्रिक व्यबहार देखाएको टिप्पणी गरे । कांग्रेसको व्यबहारका कारण राहत बितरणमा समेत समस्या उत्पादन भएको थियो । यद्यपि सरकारले धनुषा सहित तराई मधेसका विभिन्न स्थानबाट जिबितै उद्दार गरेको प्रती सरकारलाई धन्यवाद समेत दिए ।
तर यतिले मात्र जनताको पिडा कम नहुने स्थिती रहेकाले दीर्घकालीन योजना ल्याउन सरकार अगाडि आउनुपर्ने उनको कथन छ। आफुले बाढी क्षेत्रमा स्थलगत अनुगमन गर्दा जनताको पिडाले निकै दुखित बनाएको सुनाउदै सचेत अरगडियाले जनताको समस्या समाधान गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार जुट्नुपर्छ । सथै कृषि योग्री जग्ग कटान गरेको तथा धानको बीउ माछाको भुरा समेत नस्ट भएकाले किसानका लागि आर्थिक अनुदान उपलब्ध गराउन मांग गरे ।

तल सदनमा बोलेको भिडियोपनि छ हेर्नुस।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]