१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

स्वास्थ्य

नवजात शिशुको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा घेराउ

धनगढी। नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्तिको माग […]

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्।जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो। बरहथवा नगरपालिकाका स्वास्थ्य संयोजक, सत्यनारायण यादवले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल फिभर (सरुवा ज्वरो) का बिरामी हुने गरेको […]

चन्द्रनिगाहपुर । रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ। स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए। […]

जनकपुरधाम ।धनुषाको जनकन्दिनी गाउँपालिकाले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम संचालन गरेको छ। जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि भूषण मण्डलले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम नियमित रुपमा चल्दै आइरहेको उनले बताए। स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार बच्चा जन्मिएको दिनदेखी डेढ महिनासम्म सुत्केरी महिला […]

सर्लाही । सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् । जिल्लामा सबैभन्दा धेरै उत्तरपश्चिम भेगस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने बागमती नगरपालिकाको छ वटा वडामा स्वास्थ्य संस्था छैन । बागमतीको […]

रगतमा ‘भिटामिन के’ को स्तर कम हुने व्यक्तिमा फोक्सो बिग्रिने सम्भावना अधिक हुने एक अध्ययनले देखाएको छ। उक्त अध्ययन कोपेनहेगन यूनिवर्सिटी हस्पिटल र कोपेनहेगन यूनिवर्सिटीमा डेनिश शोधकर्ताहरुको एक टीमले गरेको हो। यसमा कोपेनहेगनमा बस्ने २४ देखि ७७ वर्ष उमेर समूहका ४ हजार ९२ जनाको समूहलाई सहभागी गराइएको थियो। शोधकर्ताहरुले भिटामिन केको स्तर कम हुने व्यक्तिमा […]

जनकपुरधाम,२७ साउन।नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव अस्पताल भर्ना भएको छ। शनिबार साँझ अध्यक्ष देवको स्वास्थ्यमा अचानक समस्या देखा परेपछि उनलाई अस्पतालमा भर्ना गरेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अध्यक्ष देवको उपचार भइरहेको छ।उहाँको शिघ्र स्वास्थ्य लाभको न्यूजमधेश परिवारले गरेको छ। अध्यक्ष देव न्यूज मधेशका सल्लाहकार हुनुहुन्छ ।

बर्दिया,५ साउन। बाहिरबाट हेर्दा ठुलो भवन सुविधासम्पन्न छ। बर्दिया अस्पतालको सुविधासम्पन्न भवनमा अक्सिजनसहितको २५ शय्या हाई डिपिन्डेन्सी युनिट (एचडियु) र आइसियुको व्यवस्थापन गरिएको छ। २५ शय्यामध्ये १३ शय्यामा आइसियु सञ्चालन गर्ने गरी संरचना निर्माण गरिएको छ। यी सबै सुविधासम्पन्न भवन र स्वास्थ्य उपकरणसहितको शय्या निर्माणका लागि जिल्लाका विभिन्न पालिका र अस्पताल आफैँले करोडौँ रकम खर्च […]