०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

खेलकुद

सभामुख क्रिकेट कप ः ६ विकेटले जित्दै धनुषा फाइनलमा

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला […]

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरु ३४ […]

जनकपुरधाम । जनकपुरधाममा जारी सभामुख क्रिकेट कपमा धनुषा विजयी भएको छ । मंगलबार रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा सप्तरीलाई ३३ रनले पराजित गर्दै धनुषा विजयी भएको हो । टस जितेर धनुषा टिम पहिला बलेबाजी गर्ने निर्णय गरेका थिए । निर्धारित ४० ओभरमा धनुषा टिम सबै विकेट गुमाएर एक सय ८३ रनको लक्ष्य सप्तरी समक्ष प्रस्तुत गरेका […]

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका […]

जनकपुरधाम । जनकपुरधाममा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो । जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको प्रतियोगिता मंशिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरधाम १४ रजौलस्थित रामजानकी […]

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । ललितपुर आफ्नो चौथो खेल खेल्दैछ भने वीरगञ्जको यो तेस्रो खेल हो । ललितपुर एक जित र दुई बराबरीबाट ५ अंकसहित दोस्रो स्थानमा छ । अनन्त तामाङ कप्तान […]

जनकपुरधाम । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । […]