१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

अर्थ

पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोड राजस्व

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो । […]

सिरहा । सुखीपुर नगरपालिका-९ का बुधराम मण्डलकी छोरी कुमारी ज्योतिको विवाह खर्च जुटाउन गणेश इँटा उद्योग सुखीपुरका सञ्चालक समाजसेवी रामचन्द्र साहले ६१ हजार नगद र एउटा ग्यास चुलो सहयोग स्वरूप उपलब्ध गराएको छ। तराई मधेशमा दाइजो प्रथा र तडकभडकको साथ विवाह गर्ने प्रथा झाँगिदै गइरहेकाले अभिभावकलाई ठुलो समस्या पर्ने गरेको छ । इँटा उद्यमीको सहयोग […]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो। आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमले जनाएको छ।

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । जिल्लाका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट […]

दाङ । रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन । घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् । उनले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा रु १६ लाख रुपैयाँ ऋण लिएर थालेको जलजला कृषि तथा पशुपालन फार्मले अहिले राम्रो आम्दानी पनि दिएको छ । नेपाल प्रहरीको जागिर र […]

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा व्यापक अनियमितता भएको पाइएको छ । नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको मिलेमतोमा यहाँ बम्हलुट भएको पाइएको हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा वडा व्यवस्थापनका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र लेखा अधिकृत कामेश्वर […]

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो। बाँकी रु ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध […]