१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

अर्थ

मधेस प्रदेशमा कानुन मिचेर ३ अर्ब ३४ करोड रकमान्तर, अर्थमन्त्री यादवलाई जोगाउने प्रयास

जनकपुरधाम ।मधेस प्रदेशको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा गैरकानुनी रूपमा रकमान्तर गरेको र स्थानीय तहहरूलाई अनुदान पठाएको पाइएको छ। आर्थिक वर्षको अन्तिमतिर बजेट कार्यक्रमको ‘अर्थ विविध’ शीर्षकमा राखिएको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३४१ रुपैयाँ अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा पठाएको थियो। त्यो रकम कानुन, नियम र कार्यविधि मिचेर […]

सर्लाही । तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व– पश्चिम राजमार्गमा सुतेर विरोध प्रदर्शन गरेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् । विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर […]

कलैया । मधेश प्रदेशका बारा जिल्लाका एक वडाध्यक्ष ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ । घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि […]

बोदे बरसाईन(सप्तरी ) । भारतीय अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि सप्तरीका कुखुरा व्यवसायी चिन्तित भएका छन् । सप्तरीका बोदे बरसाईन धर्मशालामा सोमबार जिल्लाका कुखुरा व्यावसायको भेलाले जिल्लामा बढ्दो अवैध कुखुरा आयातले कृषकलाई डिलरबाट उठाएको चल्ला र दानाको रकम तिर्न समस्या भई रहेको गुनासो गरेका छन् । जिल्लाका मुख्य नाका तिलाठीबाट सुरक्षाकर्मीले आयात हुन नदिए […]

जनकपुरधाम ।धनुषाको नगराइन नगरपालिका-७ का फिरोज नदाफ(हाफिस)लाई बचाउन गल्फ सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरिएको छ। नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो । गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा […]

काठमाडौं ।झलनाथ खनालको प्रतिष्ठानलाई सर्पपालन कार्यक्रममा १७ करोड ९८ लाख हिनामिना गरेको भन्दै मधेश प्रदेशका मन्त्रीसहित सातविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने कार्यमा अनियमितता गरेको भन्दै मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका […]

काठमाडौँ। सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका […]

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन् । ‘एक दशकदेखि काँक्रो […]