०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

स्थानीय

रौतहटमा करेन्ट लागेर १४ वर्षीय बालिकाको मृत्यु

परबिन कुमार पण्डित जनकपुरधाम ,१९ भाद्र।रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ। जिल्लाको गरुडा नगरपालिका-२ का स्थानीय दिनेश सहनीकी १४ वर्षीय छोरी अम्बिका सहनीको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ भाद्र।सप्तरीको बलान बिहुल गाउँपालिकाको चन्हीमा विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ।गाउँपालिका वडा नं.२ चन्हीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको नयाँ भवनको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका हुन। अध्यक्ष यादवले पालिकामा शैक्षिक स्तर उकास्न आफु प्रतिवद्व रहेको बताए । उनले विद्यालय शिक्षाको मन्दिर रहेको विकासका लागि सबै दल एक हुनुपर्ने बताए । एक […]

न्यूजमधेश डेस्क सघारा,१२ भाद्र।धनुषाको कमला नगरपालिकाको ग्रामीण क्षेत्रको वाटो जिर्ण भएपछि स्थानियहरुलाई आवत जावत गर्नमा कठीनाई उत्पन्न भएको छ । नगरपालिकाको वार्ड नं ४ देखि ५ जाने बाटोमा खाल्डाखुल्डीकै कारण सवारी साधनलाई आवतजावतमा समस्या भैरहेको स्थानीय सन्तोष ठाकुरले बताए। कमला नगरपालिकाका मेयर विशेश्वर यादवको घर लक्कर जाने बाटोसमेत रहेका बरेर्वा – टरिया जाने सडक खण्ड […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ भाद्र।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित जलाद नदीको तटबन्ध निरिक्षण गरेका छन । साहले उपमहानगरपालिका र प्रदेश सरकारको संयुक्त प्रयासमा निर्माण गरिएको तटबन्धको निरिक्षण गरेका हुन । उपमहानगरपालिकाको पुर्वी भाग कटरैत टोलमा नदीको पानी पसी गाउं डुबानमा पर्ने गरेको थियो । उपमहानगरपालिका र प्रदेश सरकारको […]

न्युजमधेस डेस्क धनुषा(सबैला)। धनुषाको सबैलामा    गए आइतबार राती भएको सामुहिक बलात्कार प्रकरणका तीन आरोपी मध्ये दुई जनालाई प्रहरीले समात्न सफल भएका छन। पक्राउ पर्नेमा नुर मोहम्मद र रामनारायन साह रहेका छन भने बिजय मुखिया अझै फरार रहेको इलाका प्रहरी सवैलाले जानकारी दिए।पक्राउ परेका दुई जना र फरार एक गरि तिनै जनामाथी जाहेरी परेको समेत जनाउनुभएको […]

न्युजमधेस, डेस्क धनुषा(सबैला)। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ । सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ । एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै […]

    पूर्वपश्चिम राजमार्गमा ४ वटा सवारी एक आपसमा ठोकिँदा २० जनाभन्दा बढी घाइते न्युजमधेस डेस्क जनकपुरधाम,२३ साउन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको […]

न्युजमधेस डेस्क जनकपुरधाम। मधेस प्रदेश स्थित जिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार वडा न -१ मा पुर्ब पश्चिम लोक राजमार्ग को गोलघर को नजिक बस दुर्घटना हुदा  १५ जना समान्य घाईते र ५ जना गम्भिर घाइते भएका छ्न । काठमाडौ बाट काकर्भिटाका लागि गाडि न प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परि  […]