०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सर्लाहीमा विद्युत चुहावटमा संलग्न १३ जनामाथि कार्बाही

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

न्यूजमधेश डेस्क
सर्लाही ,११ चैत्र । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले विद्युत चोरीमा संलग्न कबिलासीका १३ जनालाई नियन्त्रणमा लिई जरिवाना तिराइ छोडेको छ ।

जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको अभियान अन्तर्गत बुधबार चौथो दिन १३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर एकपटकको लागि जनही ११ हजार रुपैयाँ जरिवाना तिराइ छाडेको वितरण केन्द्र मलंगवाका उप प्रबन्धक बिनोद यादवले बताए ।

उपप्रबन्धक यादवका अनुसार वितरण केन्द्रबाट इन्जिनियर रामानन्द सिंह , नेपाल प्रहरीबाट प्रहरी सहायक निरिक्षक पल्टु ठाकुर र सशस्त्र प्रहरीबाट सशस्त्र प्रहरी बरिस्ठ हवल्दार रण बहादुर सलामीको नेतृत्वमा गएका टोलीले कबिलासी न.पा को सिरसिया, अगर्वा, किशनपुर र कबिलासी गाउँबाट गरि १३ जनालाई पोलबाट हुकिङ्ग गरि बिजुली चोरी गरिरहेको अवस्थामा उनीहरुको घरबाटै नियन्त्रणमा लिएको हो ।

टोलीले तीनवटा पानी तान्ने मोटर समेत नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]