०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

वातावरण संरक्षणमा स्थानीय तह प्रतिबद्ध

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२२ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका–१ ले विश्व वातावरण दिवसका अवसरमा आज कब्रिस्तान र वडा कार्यालयको प्राङ्गणमा वृक्षरोपण गरेको छ ।

सो क्रममा नगरप्रमुख वसन्तकुमार मिश्रले बढ्दो वायु प्रदुषण घटाउन र जलवायु परिवर्तन अनुकूलन गर्न वृक्षोपण महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले वातावरणीय असर परिरहेकोले रुखबिरुवाको संरक्षणमा जोड दिनुभयो ।

कब्रिस्तान र वडा कर्यालयमा गरी जम्मा तीन सय वटा मलेसियन सखुवाको बिरुवा रोपेको वडा नम्बर १ का वडा अध्यक्ष करिम शेखले बताउनुभयो ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित १५ कठ्ठा जग्गामा निजी वन साझेदारी कार्यक्रमअन्तर्गत आज वृक्षरोपण भएको छ ।

सो अवसरमा महगनी जातको ३५ वटा विरुवा रोपिएको र घेरबार गरिएको १५ कठ्ठा जग्गामा वृक्षरोपण गरिने वृक्षरोपण कार्यक्रमका संयोजक देवनारायण झाले जानकारी दिनुभयो ।

गाउँपालिकाभरि वृक्षारोपण कार्यक्रमलाई अघि बढाउने प्रक्रिया सुरु भएको जानकारी दिनुहुँदै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले वृक्षरोपण कार्यलाई सहजतासाथ अगाडि बढाउन गाउँपालिकाले आफ्नै नर्सरी समेत व्यवस्थापन गरेको बताउनुभयो ।

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दो रहेको अवस्थामा सामाजिक दुरीलाई ध्यानमा राखी स्वास्थ्यको मापदण्ड अपनाई वृक्षरोपण कार्य गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]