०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

जव दुई छोरीले बाबुको लास बोकेर घाट पुर्याए

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८

न्यूजमधेश डेस्क
उदयपुर ,२५ जेष्ठ । दीर्घरोगका कारण लामो समय थलिएको बालबहादुर थापा मगरको मत्यु भएपछि छिमेकीले कोरोनाको आशंकामा उनको शव छुन नमानेपछि दुई छोरीले आफैले शबयात्रा गरि दाह संस्कार गरेका छन् ।

उनको छोरी भगवती र कुमारीले शबयात्रा पछि दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् ।

आफन्त र दाजुभाइ नहुँदा उदयपुरको कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदी बहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शबयात्रा गरी दाहसंस्कार गरेका हुन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।

 

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफनो समुदायका आफन्त र दाजु भाइ छैनन् । स्थानीयले शव नछुने तर, अन्य सहयोग गर्ने भनेपछि दुई छोरीले संस्कार अनुसार शवयात्रा गरी तवाखोलाको घाटमा दाहसंस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ आएर बसेका थिए । दुई छोरी र श्रीमती सहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

लामो समय देखि पेटको समस्याले बिरामी परेका बालबहादुर बैशाखदेखि घरमै थलिएका थिए । स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयले शब छुन नचाहेको स्थानीयबासीले बताए ।

‘बुबाको हामी आफैंले शबयात्रा गरेर दाहसंस्कार ग¥यौं’ छोरी भगवतीले भनिन् ‘अब मगर संस्कार संस्कृति अनुसार काजकिरिया पनि गर्छौं ।’ मगर संस्कार अनुसार ७ दिनमा बालबहादुरको काजकिरिया सकिने छ । अहिले दुई छोरी कुमारी, भगवती र उनीहरूकी आमा किरियामा बसेका छन् ।

मृतक थापाको १ छोरा २ छोरी छन् । छोरा गरिबीका कारण कमाउन भारतको कोइला खानीमा गएका छोरा अझैसम्म फर्किएका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]