१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

सशस्त्र प्रहरीले डुबानमा परेका ३९ परिवारको खाद्यान्न जोगायो

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
कंचनपुर ,२८ असार । भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति हुनबाट सशस्त्र प्रहरीले जोगाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त–९ खल्ला, वडा नं १० भुजेला, वडा नं ५ बनखेत र दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारीका गरी ३९ परिवारको घर डुबानमा परेको हो । वर्षाका कारण नदी तथा खोलाको बहाव बढेसँगै पानी घरभित्र पसेपछि खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण सामान सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । धनजनको क्षति हुन नदिनका लागि डुबानमा परेका परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ ।

यसैबीच सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतिकभरको भवनलाई जोगबुढा नदीको बाढीको पानीले डुबानमा पारेपछि नजिकैको हरिओम आधारभूत विद्यालयमा सशस्त्र प्रहरीलाई सारिएको छ । रातिदेखिको लगातारको वर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रका अधिकांश घर डुबानमा परेका थिए । अहिले वर्षा हुने क्रम रोकिएसँगै डुबान क्षेत्रबाट पानी घट्ने क्रम जारी रहेको छ । वर्षाका कारण महेन्द्रनगर बजारसहित ऐठपुर, बसपार्क र सब्जीमण्डी क्षेत्र डुबानमा परेको थियो ।

महेन्द्रनगर बजारमा ढल व्यवस्थापनको कार्य नगरिँदा थोरै पानी पर्दासमेत बजार क्षेत्र डुबानमा पर्ने गरेको छ । स्थानीयवासीले खोला मिचेर घरलगायतका भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दोरुपमा हुन थालेपछि पानी बग्ने निकास रोकिँदा डुबान हुने गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

यसैबीच भीमदत्त–५ मा रहेको वृद्ध सेवा केन्द्रमा नजिकैको नालाको पानी भरिँदा लाखौँको नोक्सानी भएको छ । वृद्धाश्रमका सञ्चालिका शारदा चन्दका अनुसार भण्डारण गरेर राखिएको खाद्यान्नमा पानी पस्दा भिजेर कामै नलाग्ने भएको छ । वृद्धाश्रममा पालिएका ५०० कुखुराका चल्लासमेत पानीमा डुबेर मरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]