२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मन्त्री बाडफाडमा यादव र भट्टराईबीच लफडा सुरु

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ भाद्र। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मनमुटाब सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनभित्रै सरकारलाई पूर्णता दिनेगरि छलफल बढाएसँगै जसपाका नेताहरु यादव र भट्टराईबीच खटपट सुरु भएको हो ।

स्रोतका अनुसार डा. भट्टराईले यादवलाई सरकारमा नेतृत्व गरेर नजान भनेका छन् । तर, यादव भने आँफै उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालय लिएर सरकारमा जाने तयारीमा छन् ।

यसबारेमा उनले प्रधानमन्त्री देउवालाई पनि जानकारी गराईसकेका छन् । तर, भट्टराई भने यादवलाई सरकारमा नजानको लागि आग्रह गरिरहेका छन् ।

उनले राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादवमध्ये एक जनालाई सरकारको नेतृत्व गरेर पार्टीबाट पठाउनुपर्ने सुझाव दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र जसपाको कारण सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भैरहेको छ । प्रधानमन्त्री देउवाले भने कुनैपनि हालतमा अब ढिलाई नगर्ने भन्दै मन्त्रिपरिषद विस्तारको लागि तत्काल नाम दिन सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भनेका छन् ।

तर, नेकपा (एमाले) ले भदौ १ गते नै निष्कासनको सूचना दिएका माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसद सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले उनीहरुसहित गनेर नयाँ दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओली अदालत गएका थिए ।

यो मुद्दाको फैसला नआएसम्म मन्त्रिपरिषद् विस्तार पनि नहुने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]