२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको पहिलो खेलमा लहान विजय

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८

राजविराज, ७ कात्तिक । मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको पहिलो खेलमा लहान क्रिकेट कल्ब सिरहाले २० रनले जित हाँसिल गर्न सफल भएको छ ।
सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदानमा आज (आइतवार) देखी सञ्चालन भएको खेलमा लहान क्रिकेट कल्ब, सिरहा र फुलबारी क्रिकेट कल्ब, सुनसरी बिच प्रतिस्पर्धा भएको युवा शक्ति कल्ब विष्णुपुरले जनाएको छ ।
सिरहा क्रिकेट टिमले टस जितेर ब्याटिङ गरी सम्पुर्ण ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ६ रन बनाइएको खेलको प्राविधिक उदित यादवले जानकारी दिए ।
सोही खेलको प्रतिस्पर्धी १०७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको फुलवारी क्रिकेट कल्ब सुनसरीले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा १० विकेट गुमाएर ८६ रन मात्र बनाएर आफ्ना लक्ष्य पुरा गर्न नसक्दा पराजित भए ।
आजको खेलको म्यान अफ द म्याच सिरहा टिमका कुस मण्डललाई दिएको हो । उनी ४१ बलमा ३८ रन बनाएर रनआउट भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]