०१ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
×

गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष ई.साहलाई मातृ शोक

Logo
प्रकाशित बुधबार, चैत्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ चैत्र ।विदेशमा रहेका मधेशीहरुको साथि गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष ई.शम्भु नारायण साहलाई मातृ शोक परेको छ ।

चैत्र २२ गतेको राति ११ बजे अध्यक्ष ई.साहकी ६ वर्षीया आमा समुन्द्री देवी साहको काठमाडौंस्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र नेपालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्व. समुन्द्री देवी साहको चैत्र २३ गते अपरान्ह धनुषाको नगराइन नगरपालिका ५ गौन्गलीस्थित आफ्नै गाउँ नजिकै दाहासंस्कार गरिएको परिवारिक स्रोतले जनाएको छ ।

समुन्द्री देवीकी ३ छोरा र एक छोरी गरि रहेको छ ।अध्यक्ष ई .शम्भु नारायण साह माइलो छोरा हुन् । अध्यक्ष ई. साह जनमत पार्टीका केन्द्रीय सदस्यसमेत रहेको छ ।

समुन्द्रीदेवी साहको दाहासंस्कारमा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई दिपक कुमार साह ,महासचिव चन्दन सिंह ,सचिव अनिता साह ,पार्टीका धनुषा जिल्ला अध्यक्ष ओम बिक्रम कुशवाहालगाइतका नेता कार्यकर्ताहरुको श्रद्धाञ्जली अर्पण गरि दाहासंस्कार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]