२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सांसद अरगरियाले बाढी पीडितका लागि दीर्घकालीन योजना ल्याउन सरकारसंग मांग ( भिडियो सहित)

Logo
प्रकाशित बिहिबार, साउन ०९, २०७६

काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने सचेतक अरगडियाको आग्रह छ । बाढिबाट मुलुक अक्रान्त बनेको अबस्थामा कांग्रेसले सांसद बैठक अबरुद्ध गरेर अलोकतान्त्रिक व्यबहार देखाएको टिप्पणी गरे । कांग्रेसको व्यबहारका कारण राहत बितरणमा समेत समस्या उत्पादन भएको थियो । यद्यपि सरकारले धनुषा सहित तराई मधेसका विभिन्न स्थानबाट जिबितै उद्दार गरेको प्रती सरकारलाई धन्यवाद समेत दिए ।
तर यतिले मात्र जनताको पिडा कम नहुने स्थिती रहेकाले दीर्घकालीन योजना ल्याउन सरकार अगाडि आउनुपर्ने उनको कथन छ। आफुले बाढी क्षेत्रमा स्थलगत अनुगमन गर्दा जनताको पिडाले निकै दुखित बनाएको सुनाउदै सचेत अरगडियाले जनताको समस्या समाधान गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार जुट्नुपर्छ । सथै कृषि योग्री जग्ग कटान गरेको तथा धानको बीउ माछाको भुरा समेत नस्ट भएकाले किसानका लागि आर्थिक अनुदान उपलब्ध गराउन मांग गरे ।

तल सदनमा बोलेको भिडियोपनि छ हेर्नुस।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]