२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

रामविनोदलाई उच्च अदालतबाट राहत, जिल्ला अदालतकै फैसला सदर

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असोज।सञ्चार उद्यमी अरुण सिँहानिया हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ ।

जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलगायतका अभियुक्त उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उच्च अदालतले बुधबार घटनाका मुख्य योजनाकार दाबी गरिएका पूर्वराज्यमन्त्री साहलाई जन्मकैद र अन्य अभियुक्तहरुका हकमा भएका जिल्ला अदालतको फैसला सदर हुनेगरी फैसला सुनाएको हो ।

घटनामा अभियुक्त बनाइएका र तीन वर्षको कैद जिल्ला अदालतले तोकेको रामविनोद यादवको हकमा पनि फैसला सदर भएको छ ।
यादव तीन वर्ष कैद सजाय भुक्तान गरी जेलमुक्त भइसकेका छन् ।

उच्च अदालतमा गत भदौ २९ गतेबाट सुनुवाइ भएको मुद्दामा यादवका तर्फबाट वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल, अधिवक्ताहरु अजयकुमार पटेल, चन्द्र मैनाली, दीपक केसी र मुकेश कार्कीले बहस गरेको थिए,भने वादी नेपाल सरकार र जाहेरवालाका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा, शाखा अधिकृत राजलाल यादव, अधिवक्ता विपिनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेका थिए ।

जनकपुरका सिँघानियाको २०६६ साल फागुन १७ गते होलीका दिन स्थानीय शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]