२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

रेशम चौधरी र लक्ष्मण थारू दुवैको उम्मेदवारी खारेज

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

न्यूजमधेश डेस्क
बर्दिया,२६ असोज। बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी पनि निर्वाचन कार्यालयले खारेज गरिदिएको छ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीविरूद्ध परेको उजुरीका आधारमा मंगलबार उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएको हो।

‘रेशम चौधरीको उम्मेदवारी खारेज भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी तथा सूचना अधिकारी प्रकाश सापकोटाले सेतोपाटीसँग भने, ‘निर्वाचन अधिकृतको कार्यालयले यसबारे सूचना टाँस पनि गरिसकेको छ।’

उनको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले पनि पुष्टि गरे।

यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण थारूको पनि उम्मेदवारी खारेज भइसकेको छ।

रेशम चौधरीले स्थापना गरेको पार्टीबाट लक्ष्मणले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका थिए। उनीविरूद्ध सोमबार धनगढी–१५ का रामबहादुर सिंहले निर्वाचन कार्यालयमा उजुरी दिएका थिए। कर्तव्य ज्यान मुद्दामा दोषी ठर्‍याइ सजाय गरी निज फरार रहेको व्यहोरा उजुरीमा उल्लेख थियो।

उजुरी उपर मंगलबार दुवै पक्षका सबुत प्रमाण मागेर सोका आधारमा उनीहरूलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेज हुने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

रेशम चौधरी २०७४ जनता समाजवादी पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

पछिल्लो समय कारगारमै रहेपनि आफू संरक्षक र श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहने गरी नागरिक उन्मुक्ति पार्टी खोलेका थिए।

रञ्जिता हाल कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लड्न लागेकी छन्। चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका छन्। उनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]