२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

जनमत पार्टी मन्त्री पदको भोको होइनः डा.सीके राउत

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ चैत। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्। शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष डा. राउतले यस्तो बताएका हुन्।

जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। अब्दुल खानलाई धेरै धेरै बधाई छ। उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको होइन, हामी जनताका सेवक हौं। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने हामी त्यहाँ टाँसिरहनुको औचित्य हुँदैन,’ उनले भनेका छन्।

अध्यक्ष डा.राउतले आफूहरूले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबन्दीको रिहाई सहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन नसकिएकाले सत्ताकै लागि कुर्सीमा नटाँसिने बताएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]