०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव निलम्बित

Logo
अवधेशकुमार झा प्रकाशित सोमबार, भाद्र ११, २०८०

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव घुससम्बन्धी घटनामा अख्तियारको नियन्त्रणमा परेपछि निलम्बित भएका छन् ।

घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अख्तियारले उनलाई भदौ ६ गते नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको हो । गत भदौ ७ गते आयोगले गाउँपालिकालाई पत्राचार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी दिएको हो ।

घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि पालिका अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ अख्तियारले नियन्त्रणमा लिएको थियो । गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्यूटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।

सो प्रकरणमा पालिका अध्यक्ष यादवको समेत संलग्नता रहेको अख्तियारको दाबी छ । विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशकुमार यादव अख्तियारको कारबाहीमा परी निलम्बन हुने सप्तरीका तेश्रो पालिका प्रमुख हुन् ।

यसअघि राजविराजस्थित राजरंगशालाको निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण कम्पनीको संचालकको हैसियतमा अख्तियारले राजविराज नगरपालिकाका निर्वाचित नगरप्रमुख भिमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भिमराज निलम्बित भएका थिए ।

गत साउन ३२ गते विशेष अदालतले भिमराजमाथि आरोप आंशिक ठहर गर्दै जरिवाना समेत गरेको छ । यस्तै घुस सम्बन्धी एक अर्को प्रकरणमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता पनि निलम्बित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]