१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

यातायात कार्यालय विरगन्जका प्रमुख गौतमको निर्देशनमा ब्रहमलुट

Logo
कृष्णा प्र. कुशवाहा प्रकाशित सोमबार, मंसिर २५, २०८०

वीरगन्ज । यातायात व्यवस्था कार्यालय विरगन्जका प्रमुख कोमल गौतमको निर्देशनमा खटाइएका बेतलबी कर्मचारीहरु बिचौलियाको रूपमा हाबी हुँदै गए पछि आम मानिसहरू निराश भएका छन् ।

नारायणी यातायात व्यवस्था कार्यालय पर्सा वीरगञ्जका मोटरसाइकल नामसारी शाखा प्रमुख सरोज आचार्य र सहायक प्रमुख विनोद कापर निकट रहेका बिचौलियाहरुले सजिलै आम सेवाग्राहिहरुको काम काज गर्न अवरोध गरी आफू मार्फत पैसाको भरमा काम गराउन बाध्य गरी पैसा मार्फत आफैं गराईरहेका छन् ।

कार्यालय प्रमुख गौतमको निर्देशनमा फाँट पीछे २ देखि १० जनासम्म भ्रष्टचार गर्न बेतलबी कर्मचारीहरु खटाइएका छन् । ती खटाइएका बेतलबी कर्मचारीहरुले सेवाग्राहीसंग मोटरसाइकल फाँटमा प्रति ढटा एक सय रुपैयाँ लिने गरेको जो कोहीले पनि सजिलै गएर आफनै आँखाले हेर्न सक्छन् ।

कर्मचारी बस्ने आधिकारिक कुर्सीमा बेतलबी कर्मचारीहरुलाई खटाई दिनहुँ हजारों हजार संकलन गर्ने गरेको नाम नखुलाउने शर्तमा कार्यालय कै एक जना कर्मचारीले बताएका छन् ।

हामीलाई प्राप्त भएको प्रमाण अनुसार मोटरसाइकल फाँटका कर्मचारीहरुले क्रेता र विक्रेता ठाउँमा बेतलबीहरुलाई नै आफ्नो औंलाको सही छाप गराई सक्कली काम जस्तो बनाई नामसारी गर्ने गरेको पाइएको छ ।

किन्ने र बेच्ने दुवै जना रोजगारीको शिलशिलामा बाहिर रहेको बेला आर्थिक चलखेल गरी कार्यालय प्रमुख गौतमको निर्देशनमा एउटा मोटरसाइकल खरिद बिक्री गरिएको छ । बेच्ने व्यक्तिसँग कुरा गर्दा म त बाहिर छु , म यतायात कार्यालय वीरगन्ज गएकै छैन उहाँले हामीसँग गरेको कुराकानीको अडियो रेकर्ड हामीसँग सुरक्षित छ ।

जब विक्रेता विरगंजको कार्यालयमा आउनु भएकै छैन भने यातयात कार्यालय विरगंजको रजिष्टरमा उहाँको औंलाको छाप कसरी आयो यो कुराले नै पुष्टि गर्दै छ कि आर्थिक चलखेलमा नै काम काज भइरहेको छ । दिनहुँ यस्ता थुप्रै फर्जी कामकाज बेतलबी कर्मचारीहरुको मार्फत हुने गरेको प्रमाण यस दैनिकसँग छ । स्रोतका अनुसार एउटा सनाखत नामसारीको तीन हजारको दरले लिने गरिन्छ ।

यातयात प्रमुख गौतम , फाँट प्रमुख आचार्य र फाँट सहायक प्रमुख कापरको मिलोमतोमा दिनहुँ लाखौं लाख बराबरको भ्रष्टचार हुने गरेको छ । त्यस्तै, कार्यालय सहयोगी गौरीशंकर भगतले आफनै जिम्मामा दुइटा बेतलबी कर्मचारी राखी आर्थिक चलखेलमा ढटामा सही छाप गराउने देखि लिएर सनाखत नामसारी , सनाखत दर्ता , सनाखत प्रतिलिपि जस्ता काम गराइ रहेको पनि खुलेको छ ।

निर्देशिका अनुसार दर्ता गर्नलाई सम्बन्धित कार्यालयको सकल यकिन पत्र र यस कार्यालयको प्राविधिक प्रतिवेदन बिना दर्ता गरिएको पाएमा कानुन बमोजिम दण्ड सजायको पनि व्यवस्था भएपनि कार्यालय प्रमुख गौतमको आशीर्वादले जो सुकैले पनि यस्ता कामहरू गरि दिनहुँ हजारों हजार संकलन गरेको जो कोहीले पनि गएर देख्न सक्छन् ।

यदि पुष्टिको कुरा गर्ने हो भने समन्धित निकायले यो कुरा पुष्टिको लागि धेरै केहि नभई ती बेतलबीहरुको मोबाइलमा भएको कुराकानी सामाजिक सञ्जाल मार्फत गरेको कुराकानी हेरियो भने कुरा छर्लंग हुन्छ ।

विगतका दिनमा पटक पटक अख्तियारले छापा मारी गर्दा पनि यस्ता नियम विपरीत कार्यहरू गर्ने कर्मचारीहरुको ठूलो आँट र होसलको सबासी पनि दिने देखिन्छ ।

यो शाखामा काम गर्ने कर्मचारीहरुको सम्पति विवरण छानबिन गरियो भने सिधै पता लगाऊँन सकिन्छ की ती कर्मचारीहरु कतीका इमन्दार रहेका छन ति कर्मचारी र बिचौलियाहरुको ५ वर्ष पहिलाको सम्पती र अहिलेको सम्पति हेरियो भने भ्रष्टचारको प्रमाण छर्लङ्ग हुनेछ । आफ्नो सेवाग्राहीलाई सक्दो सहुलियत दिनुको साटो प्रमुखकै इशारामा बिचौलियासम्म पुग्नुले करोडौ रूपैयाको चलखेल हुने गरेको बारे प्रष्ट हुन्छ ।

यस विषयमा कार्यालय प्रमुख गौतम त्यस्तो केही नभएको दाबी गरे यदि त्यस्तो भएको छ भने कार्यालयमा आउनु हेरौंला के कस्तो भएको छ उनले भने । अर्को कार्यालयबाट सनाखत भएको खण्डमा हामीले मात्र गरिदिने हो भने समेत बताए । तर त्यहाँ बेच्ने र किन्ने दुवैको ठाउँमा बेतलबीहरुद्वारा औठाको सही छाप गराई पेश र सदर गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]