३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

शिक्षालाई प्राथमिकतामा राख्न शिक्षामन्त्री श्रेष्ठको आग्रह

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् ।

मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरूसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् ।

मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘अब हामी तीनै तहका सरकारले शिक्षालाई प्राथमिकतामा राखौँ। यस्ता अन्तरक्रियाहरू अझै गरौँ र सबै मिलेर शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गरौँ।’

साथै योजनाहरू नदोहोरिने गरी प्रदेश र पालिकाको सुझाव अनुसार सङ्घीय सरकारको नीति तथा कार्यक्रम आउने पनि शिक्षामन्त्री श्रेष्ठले प्रतिबद्धता जनाइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। भारतको सुरतमा ज्यान गुमाएका एक परिवारलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन् । धनुषाको कमला नगरपालिका-४ सघारा घर भएका ५५ वर्षिय महेन्द्र महराले घर परिवार चलाउन भारतको सुरतमा केहिदिन अगाडि गरेको थिए।तर,उहाँको सुरतमा काम गरेको दुई महिनामै मृत्यु भएको थियो। महराको आर्थिक रुपमा एकदमै कमजोर रहेकोले जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनको परिवारलाई २५ हजार […]

जनकपुरधाम । क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो । ‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए । उनका अनुसार […]

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा स्वास्थ्य चौकी भवनको शुक्रबार एक कार्यक्रमबीच सभापति सिंहले शिलान्यास गरेको छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं.२(क) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । भवन निर्माणको लागि […]