२० चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

जसपा नेपाल उपेन्द्र यादवको प्राइभेट लिमिटेड कम्पनी हाे : उपमहासचिव यादव

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको ‘जसपा’ (प्रस्तावित) का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवका कारण आफूहरूले नयाँ दल दर्ता गरेको बताउनुभएको छ ।

पार्टीमा एकलौटी रुपमा निर्णय गर्ने गरेको आरोप लगाउँदै उहाँले जसपा नेपाल उपेन्द्र यादवको प्राइभेट लिमिटेड कम्पनी भएको टिप्पणी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले उपेन्द्र यादवका कारण सिंगो पार्टी पंक्ति पीडित रहेको बताउनुभयो । लोकतान्त्रिक विधि विधान अनुसार पार्टी चल्नुपर्नेमा उपेन्द्र यादले आफ्नो छुट्टै कानुन बनाउने गरेको आरोप लगाउनुभयो । आफूहरू बस्न सक्ने स्थिति नभएर विभाजित भएको बताउनुभयो । साथै उहाँले अब उपेन्द्र यादवको प्राइभेट पसल अब बन्द हुने जिकिर गर्नुभयो ।

यस्तै उहाँले अहिलेको सत्ता गठबन्धन र सरकारलाई आफूहरूको समर्थन रहने बताउनुभयो ।सभार : नेपाल नेटवर्क

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]