१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

विभिन्न पार्टीका सयौं जना जनमत पार्टी प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ १७, २०८१

जनकपुरधाम । विभिन्न राजनीतिक दलका सयौं जना नेताकार्यकर्ता पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बिहिवार काठमाडौंको मध्य बानेश्वरस्थित रहेको जनमत पार्टीका केन्द्रिय सम्पर्क कार्यलयमा गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका सल्लाहकार जगतलाल मण्डल र दिनेश साहुको पहलमा तराई/मधेशसहित देशकै विभिन्न जिल्लाबाट विभिन्न दलमा लागेका सयौं जना नेताकार्यकर्ताहरु एकैसाथ पार्टी प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेहरुमा रोल्पाका देवेन्द्र नाथ राउत,मकवानपुरका राधा सिंह क्षेत्री,धनुषाका मोस्तकिम साह मला,भरत साह कलवार,सर्वजित कापर,दिलिप राई,दाङका सृजना बराल ,उदयपुरका सुकु कुमारी तमाङ ,भोजपुरका इन्द्र बहादुर तमाङ्ग,महोत्तरीका शिव कुमार साह,जानकी कुमारी साह,सुजित कुमार साह,बिमलेश कुमार साह,सरोज कुमार सिंह,कृष साह रहेको छ ।

त्यसैगरी सिरहाका हरेराम कुमार साह,जय कुमार साह,दोल्खाका श्याम अधिकारी ,बर्दियाका कृष्ण रिजाल ,उदयपुरका नन्दबहादुर आले मगर,सप्तरीका जिबछ खंग,बर्दियाका बाल कृष्ण चौधरीसहित विभिन्न राजनीतिक दल परित्याग गरि सयौं जना जनमत प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला टीका र खादा लगाएर पार्टीमा स्वागत गरेको छ।

उनिहरुलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गर्दै अगामी राजनीतिक यात्राको सफलताको शुभकामनासमेत दिएको छ।

उक्त पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद कुमार सिंह,राष्ट्रिय सचीव अनिता देवी साह,केन्द्रिय सदस्य हरेन्द्र चौधरीलगाइतका नेताहरुको उपस्थित रहेको पार्टीका नेता दिनेश साहुले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]