१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

औरही गाउँपालिकामा प्रधानाध्यापकको दुर्व्यवहारविरुद्ध पूर्व विद्यार्थी मञ्चको आन्दोलन

Logo
न्युज मधेश प्रकाशित मंगलबार, मंसिर १७, २०८१

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ।

कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। यादवले विद्यालयकै अर्को साउन्ड सिस्टम बजाएर कार्यक्रमलाई अवरुद्ध गर्नुका साथै विद्युत आपूर्ति बन्द गरेर अपमानजनक व्यवहार गरेको सहभागीहरूको भनाइ छ।

विद्यालयको सम्पत्ति कब्जा र अनियमितताको आरोप

पूर्व विद्यार्थी मञ्चका सदस्यहरूले प्रधानाध्यापक यादवमाथि विद्यालयको भौतिक संरचना निर्माण, सम्पत्तिको दुरुपयोग, र व्यवस्थापन समितिमा पारिवारिक हस्तक्षेपको आरोप लगाएका छन्। विद्यालयका बिघौँ जग्गाको आम्दानी सार्वजनिक नगर्ने, पूर्व प्रधानाध्यापकलाई दबाब दिएर राजीनामा गराउने, र नयाँ व्यवस्थापन समिति गठनमा जालझेल गरेको मञ्चको दाबी छ।

विद्यालयको प्रशासन पारदर्शी नभएको, करिब २० लाख रुपैयाँको हिसाब सार्वजनिक नगरेको र विद्यालयको सम्पत्ति केही सीमित व्यक्तिको स्वार्थमा प्रयोग भइरहेको आन्दोलनकारीहरूको आरोप छ।

आन्दोलनका कार्यक्रम सार्वजनिक

आफ्नो माग पूरा गराउन पूर्व विद्यार्थी मञ्चले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। पालिका अध्यक्ष शिवजी यादवले घटना ७५ प्रतिशत आफूले प्रत्यक्ष देखेको स्वीकार गरे पनि कारबाहीका लागि कुनै ठोस कदम नचालेको भन्दै मञ्चले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।पत्रकार सम्मेलनमार्फत मञ्चले विद्यालय सुधारका लागि संघर्ष जारी राख्ने, र आवश्यक परे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

पालिकाले प्रधानाध्यापकलाई संरक्षण गरेको आरोप

मञ्चका सदस्यहरूले पालिका अध्यक्ष शिवजी यादवलाई प्रधानाध्यापकलाई बचाउन खोजेको आरोप लगाएका छन्। विद्यालयको प्रशासनमा भइरहेको अनियमितता र भ्रष्टाचार सार्वजनिक गर्न मञ्चले राष्ट्रिय सञ्चार माध्यमसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यादवलाई तत्काल कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन

यस विषयमा प्रतिक्रिया लिन विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादव र गाउँपालिका अध्यक्ष शिवजी यादवसँग सम्पर्क गर्न खोज्दा उनीहरूसँग सम्पर्क हुन सकेन।

मञ्चले प्रधानाध्यापक यादवलाई पदच्युत गर्न र भ्रष्टाचारमा संलग्नहरूमाथि छानबिन गरी कडा कारबाही गर्न माग गर्दै आन्दोलनलाई थप व्यापक बनाउने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]