२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

विवाह पंचमी सम्पन्न हुन लगतै जानकी मन्दिरको सरसफाइमा जुटे मेयर साह

Logo
प्रकाशित मंगलबार, मंसिर १७, २०७६

न्यूजमधेश,जनकपुरधाम।रामसिता विवाह महोत्सव सम्पन्न हुन लगतै जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह जानकी मन्दिर सरसफाइमा जुटेका छ्न।

महोत्सवमा लाखौं श्रद्धालु सहभागी भएका कारण फोहोर भएको मन्दिर परिसर सरसफाई गरिएको हो ।

सरसफाईमा जनकपुरधामका मेयर लालकिशोर साह र सुरक्षाकर्मीहरु सहभागी थिए । उनीहरु झाडुले सरसफाई गरेका हुन् । मेयर साह आफै पनि झाडु र पानीको फोहोराले फोहोर सफा गरेका छन् ।

श्रद्धालुहरुले खुल्ला रुपमा दिशापिसाव गर्दा ऐतिहासिक रंगभुमि मैदान (बारहविघा) दुर्गन्धित बनेको छ । साथै मन्दिर क्षेत्र समेत फोहोरले भरिएको छ । सबै ठाउँको सरसफाई गरिने जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]