१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

दलित माथी बलात्कारको प्रयास, प्रतिकार गर्दा ३ महिला गम्भीर घाइते

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

मनोज बनैता

लाहान, १५ पुस । लाहान नगरपालिका वडा. १६ मा पर्ने तरेगना गाउँमा एकजना कथित दलित समाजकी नाबालिक केटी उपर जबर्जस्ती बलात्कारको प्रयास भएको खबर प्राप्त भएको छ ।

बलात्कारको प्रयास गर्ने क्रममा प्रतिकार गर्दा पीडित लगायत जम्मा ३ जना महिला घायल भएका छन । पीडित सुनिता साफी (नाम परिवर्तन) को बुवा सन्जिव साफी ले दिएको जानकारी अनुसार त्यही गाउँमा बस्ने शिव यादवको छोरा जितेन्द्र यादवले मंगलवार बेलुका करिब ७ बजे सुनिता साफी माथि बलात्कारको प्रयास गरेको हो ।

पीडित को हारगुहार सुनेर प्रतिकारमा उत्रेकी उनका तीन जना आफन्त महिला माथी समेत यादवले घरेलु हतियारको प्रयोग गरि आक्रमण गरेको पीडितका बुवा सन्जिव साफीले आरोप लगाएका छन । साफीले नगरप्रहरी कार्यालयमा जानकारी गराए पछि पिडक यादव र उनका बुवा गाउँ छोडी भागेका बताउँछन् ।

पीडित नाबालिक केटी लगायत प्रतिकार गर्दा घाइते भएका महिलाहरूको उपचार लाहन स्थित कामना नर्सिङ होममा भईरहेको छ । नर्सिङ होम प्रशासनको अनुसार पीडित लगायत प्रतिकारमा उत्रेकी तिनैजना महिलाहरूको अवस्था गम्भीर रहेको छ ।

पिडितको पारिवारिक श्रोत अनुसार यादव माथी ३ महिना पहिला पनि यस्तै क्रियाकलापको कारणले तरेगनाको समाजले दन्डित गरेको थियो । यता, ईप्रका लाहानले आफू नीर जाहेरी नपरेको बताएका छन भने पीडितका परिवारले बुधबार ईप्रकामा किटानी जाहेरी गर्ने जानकारी गराएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]