२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

राजविराजको सिरहा रोड ‘सिल’

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,१० श्रावण । सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि राजविराजको सिरहा रोडलाई ‘सिल’ गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई ‘सिल’ गरिएको छ । उहाँले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि सखडा रोड जाने बाटोसम्म निषेधित क्षेत्र कायम गरी ‘सिल’ गरिएको बताउनुभयो ।

सप्तरीको राजविराजमा कोरोनाका सङ्क्रमित तीव्र रुपमा थपिन थालेपछि जोखिम बढ्दै गएको जनाइएको छ । पछिलो पटक स्वाब परीक्षणपछि राजविराज–६ कै एकै परिवारका चारसहित सात जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि त्यहाँ सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले तत्काल ‘सिल’ गर्नुपरेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो ।

पछिल्लो रिपोर्टअनुसार राजविराज–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएको एउटै परिवारमा चार जनालाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार ६९, २९ र २२ वर्षीय पुरुष तथा ४० वर्षीय महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । स्थानीय प्रशासनले राजविराज नगरपालिका–६ लाई केन्द्रित गरी सिरहा रोडलाई ‘सिल’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको परिवारका पाँच जना सदस्यसहित छरछिमेकमा कोरोना पोजिटिभ पाइएको छ । सप्तरी जिल्लाको राजविराजमा कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आज तेस्रो दिन पनि राजविराज बजार सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाभर अर्को आदेश नभएसम्मका लागि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । सप्तरी जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४१८ पुगेको छ । यसमध्ये २८६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]