२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

महोत्तरीमा अवैध नदी उत्खनन रोक्न सामूहिक प्रतिबद्धता

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

न्यूजमधेश सम्बादाता 
महोत्तरी,१५ असोज । नदीजन्य प्राकृतिक स्रोतसाधनको उत्खनन रोक्नका लागि महोत्तरीका जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्लाको सुदूर उत्तरवत्र्ती बर्दिवास नगरपालिका क्षेत्रका नदी र नदीउकास क्षेत्रमा भइरहेको उत्खनन् कार्यको अनुगमनपछि जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीका जिल्लास्थित प्रमुख, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख र सञ्चारकर्मीलगायत सहभागि हुनुहुन्थ्यो ।

“हामीले जिल्लामै सबैभन्दा बढी अबैध उत्खनन् भइरहेको गुनासो आउने बर्दिवास नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रको संयुक्त अनुगमन ग¥यौं”, जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले भन्नुभयो, “अब सुदृढ इच्छाशक्तिसाथ अबैध दोहन रोक्न हामी सामूहिक प्रतिबद्धता गरेका छौं ।” मापदण्डविपरित भइरहेको उत्खनन् रोक्न सम्बन्धित स्थानीय तहले नियमन गर्ने र स्थानीय प्रहरी÷प्रशासनले उच्चतम समन्वय गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको उहाँको भनाइ छ ।

जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा नदी र नदीउकास बगरमा अबैध उत्खनन् गर्दै आएका ७० भन्दा बढी क्रसर उद्योग छन् । सङ्ख्यात्मक रुपले बर्दिवास, भङ्गहा अबैध दोहनको मुख्य थलो रहँदै आएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । विशेषगरी जिल्लाका अधिकांशे क्रसर उद्योगहरु नियम र मापदण्डविपरित सञ्चालन हुँदै आएका छन् । “अधिकांश क्रसर उद्योग दत्र्ता नै भएका छैनन्, दत्र्ता भएका पनि नवीकरण गराएका छैनन्”, प्रमुख सिंहले भन्नुभयो, “अब स्थानीय तहले अनुगमन र नियमन प्रक्रियालाई तीब्रता दिनेछन्, सीङ्गो जिल्ला नेतृत्वको यस अभियानमा उच्च स्तरको सहयोग, समन्वय र सहकार्य हुनेछ ।”

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि अबैध उत्खनन् र ऐलानी पर्ति जमिनमा भइरहेको अतिक्रमण रोक्न स्थानीय तहसँगै प्रशासनिक निकाय पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनुगमनका क्रममा उत्खनन् र नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका १० वटा गाडी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको उहाँको भनाइ छ । जल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा क्रसर उद्योगीले बनाएका अजङ्का खाल्डा अनुगमनका क्रममा भेटिएका छन् । भूगोल नै कुरुप बनाउने गरी हुँदै आएको अबैध उत्खनन् कार्य अब आफ्नो नगरक्षेत्रमा कडाइका साथ रोकिने बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले बताउनुभयो ।

जिल्लाको सुदूर उत्तरीक्षेत्रका नदीमा उत्खनन् तीव्र रुपमा बढ्दा नदीको धार परिवत्र्तन भई जिल्लाको मध्य र दक्षिणीक्षेत्रमा उव्जाउ जग्गा बालुवाले भर्दै आएको गुनासो विगत देखिकै छ । जिल्लाका जनप्रतिनिधि र प्रहरी प्रशासन प्रमुखले अबैध उत्खनन् रोक्ने प्रतिबद्धता जनाउनु राम्रो भएपनि यसको मूल्याङ्कन भने काम हेरेर मात्र गर्न सकिने बर्दिवास–१४ का सामाजिक, राजनीतिक कार्यकत्र्ता शङ्कर फुँयालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]