न्यूजमधेश समाचारदाता
जनकपुरधाम,पुस२२गते।जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह संग अपशब्द प्रयोग गरेपछी दलाल पत्रकारलाई सेवाग्राहीहरुले रामधुलाई गरेको छ ।

साहको कार्यक्षमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहित केही पत्रकारलाई सेवाग्राही तथा कर्मचारीबाट रामधुलाई भएको हो ।

पुर्वनियोजित तरिका ले  बारेनिंग तथा दुर्ब्यबहार गर्ने उद्देश्यले मिश्राले आफ्नो हैसियत माथिको अपशब्द प्रयोग गर्दै आक्रमण गर्न खोजेपछि ती पत्रकारमाथि हातपात भएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका अध्यक्ष मिश्राले आफनो पदको गरिमाको खयाल समेत नगरि मेयर माथि अपशव्द प्रयोग गर्न थालेपछि त्याहा रहेको कर्मचारी तथा सेवाग्राहीहरुलाई असहनीय भएको थियो ।

पटक पटक शव्द सुधारेर बोल्न भनेपनि नमानेपछि कार्यालयका कर्मचारी र त्यहा काम गराउन आएका सेवाग्राहीहरुले तिनीहरुलाई गलहत्याउदै भगाएका थिए ।

मेयरको कार्यकक्षबाट निकालिएपछि अध्यक्ष मिश्राले आफनो केहि गुण्डाहरु बोलाएर त्याहा रहेका कार्यपालिका सदस्यहरुमाथि हातपात समेत गर्दै आतंकको सृजना समेत गरेका थिए ।

उनिहरुले कार्यपालिका सदस्य महिलाहरु प्रमीला मण्डल,सुनीता मेस्तरनी,मिना साह र पुष्पा यादवलाई मुक्का प्रयोग गर्दै घाइते समेत वनाएको छ ।घाइते महिलाहरु अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत रहेकि छिन ।यता जनकपुरधाम उपमाहानगरपालिकाले नगरप्रमुखको कार्यकक्षमा घटनाको स्वतन्त्र निष्पक्ष न्यायीक छानवीन गठनका लागि माग गरेको छ ।

जनकपुरधाम उपमाहानगरपालिकाको कार्यालयमा केहि संचारकर्मी र नगरप्रमुख विचको विवादप्रति उपमहानगरले विज्ञप्ती जारी गर्दै घटनाप्रति भत्र्सना गरेको छ । जारी विज्ञप्तीमा नेपाल पत्रकार महासंघ धनुषा शाखामा आवद्ध अमरकान्त ठाकुर,विकास साह,शत्रुधन यादव तथा महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र समेतका पत्रकारहरु गुण्डाशैलीमा जनकपुरधाम उपमहानगरपालिको कार्यालयमा प्रवेस गरि सेवाग्राहीहरुलाई अपशव्द प्रयोग गर्दै नगर प्रमुखको कार्यकक्षमा पुगी उक्त ठाउमा उपस्थित नगर प्रमुख,कार्यपालिका सदस्य,वडा अध्यक्ष,सेवाग्राही समेतलाई अभद्र व्यवहार र कुटपिट गरी मचाएको वितन्डा प्रति उपमहानगरपालिको नगर कार्यपालिकाको गम्भीर ध्यानाकषर्ण भई उल्लेखित घटनाको घोर भर्तसना गरेको छ ।

निमित प्रमुख कार्यकारी अधिकृत मेहिलाल यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा अपराध घटाउने पत्रकारहरुमाथि कानुन बमोजीमको स्वतन्त्र निशपक्ष न्यायीक छानवीन गठन गरी सत्य तथ्य अनुसन्धान गरी अनुसन्धानबाट ठहर हुने अपराधी पत्रकारहरु माथि हदै सम्मको कारवाहीको समेत माग गरेको छ ।साथै पिडीत महिला उपर भएको क्षतिको आवश्यक क्षतिपुर्ती सोहि पत्रकारहरुबाट भराउन माग समेत गरेको छ ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक :दिपेन्द्र कुमार माझि
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh