१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

समाज

आज ईद-उल-फित्र, देशभर सार्वजनिक बिदा

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ। धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने […]

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]

सप्तरी। बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागार कार्यालय सप्तरी, राजविराजको थुनामा रहेका बन्दी मृत फेला परेका छन्। राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए। उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आइतबार बिहान फेला परेको हो। गत […]

विपिन यादव जनकपुरधाम । इलाका प्रहरी कार्यालय (इप्रका) यदुकुहाको पहलमा दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको छ । रातिका बेला भिजिबिलिटी कम हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको हो । इलाका प्रहरी कार्यालय यदुकुहाका निरीक्षक चन्द्रकिशोर साहले यदुकुहा–कमला सडकमा रहेको पुलबाट सवारीसाधर्न र ससाना बालबालिकाहरू झर्ने अत्यधिक जोखिम […]

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]

जनकपुरधाम । सर्लाहीको लालबन्दीमा कक्षा १२ मा पढ्दै गरेकी १६ वर्षीया एक किशोरीको शव फेला परेको छ। लालबन्दी- १६ परवानीपुर निवासी ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली शुक्रबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको आशंका गरिएको छ। ‘उनी आफ्नै कोठामा सलको पासोमा झुन्डिएको खबर आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ इलाका प्रहरी कार्यालय […]