०२ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
×

पूर्वप्रदेश सांसद कौशल यादव पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म […]

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामले अपाङ्गता भएका छ सय तीनजनालाई परिचयपत्र प्रदान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका दुई सय ८७, ‘ग’ वर्गका एक सय ४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो । दुई जना ज्येष्ठ नागरिक महिला […]

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले विपद्को शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताउनुभयो । उपमहानगरपालिकाका विपद् व्यवस्थापन […]

काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गर्नुभएको हो । बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उहाँले दिएका सिर्जना र योगदालाई समेटेर […]

महोत्तरी । देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै छि खोला नदीहरुमा पानीको सतह बढ्न थालेपछि स्थानीयवासी त्रसित छन् । चुरे शृङ्खलाबाट निस्कने खोलाहरुमा बालुवा र गेग््य्रान चुलिँदै जाँदा महोत्तरीका विभिन्न बस्ती डुबानमा पर्ने र निर्मित भौतिक संरचना भत्कने जोखिम बढेसँगै नदी वरपरका वासिन्दा डुबान र कटानबाट हुनसक्ने […]

सर्लाही। सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं […]

जनकपुरधाम । काष्ठजन्य रुख हो मसला । यसलाई सपेता पनि भनिन्छ । लाम्चो पात र सेतो बोक्रा भएको यो रुख रोपिएको ठाउँमा जमिनमुनिको पानी सतह सुक्छ र खडेरी ल्याउँछ भन्ने आम बुझाइ रहेको छ । खडेरी अन्त्यका लागि मसलाको रुख उन्मुलन गर्नुपर्ने कुराको वारेमा खासगरी सामाजिक सञ्जालमा एकदमै वकालत भइरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा […]