न्यूजमधेश डेस्क काठमाडौं ,२८ कार्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ । देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उहाँलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । […]
न्यूजमधेश डेस्क काठमाडौं,२८ कार्तिक । नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो । पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको […]
न्यूजमधेश डेस्क काठमाडौं,२८ कात्तिक। सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले अपिल गरेको छ । धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण छ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन आग्रह गरेको हो । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको छ । कानुन व्यवसायीहरुले माइक […]
न्यूजमधेश डेस्क सप्तरी ,२६ कार्तिक। इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दसैँअघि बिरामी हुनुभएका प्रनाउ तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा […]
न्यूजमधेश डेस्क सिरहा ,२६ कार्तिक। प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ कार्तिक । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ । व्रतालुहरु नजिकैका नदी तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ कार्तिक। सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, […]
न्यूजमधेश डेस्क काठमाडौं ,२४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना […]