३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

प्रदेश

उपचार खर्च अभावमा श्रीमान्–श्रीमती बन्धक

नानीमैयाँ कटवाल सप्तरी ,८ भदौ । उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बन्नुभएको हो । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन […]

अजय मिश्र कृष्णनगर, ८ भदौ ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि.बाट खडा गरिएको अस्थायी पोष्ट भदुईबाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरीको कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी बरामद गरेको थियो । विभिन्न किसिमका मेडिकल औषधि रहेको […]

न्यूजमधेश सम्बादाता नवलपरासी, ८ भदौ।समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,७ भदौ । कोरोना भाइरस रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम कार्यक्रम संशोधनसहित थप निकासा गरेको देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ […]

न्यूजमधेश सम्बादाता सुनसरी,७ भदौ। सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । डिसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । सुनसरीमा यही भदौ १४ गते राति १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । यो भन्दा अगाडिको बैठकले आज राति […]

न्यूजमधेश सम्बादाता रौतहट ,७ भदौ । रौतहटको धर्मपुरमा बागमती नदीमा ऋषिपञ्चमी स्नान गर्न गएका एक बालिकाको डुबेर मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएका छन । नदीमा डुबेकी गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखियाको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिंकुकुमारीसँगै डुबेका १२ वर्षकी सुजिताकुमारी दास र १० […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,७ भदौ ।धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड­-१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ । उहाँले भन्नुभयो, “घटना सन्दर्भमा सामाजिक […]

गोपालप्रसाद बराल महोत्तरी, ७ भदौ । प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागिकनका बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार २०७ पुगेका छन् । साउन मसान्तमा यो सङ्ख्या एक […]