राजविराज । सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा विहानदेखि रातीसम्म भीड लागेको हुन्छ । नेपालीहरु मत्रै नभई भारतीयहरुपनि ठूलो संख्यमा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् । राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका स्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक […]