न्यूजमधेश सम्बादाता महेन्द्रनगर,१५ श्रावण । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट ९हाल बर्खास्त० […]
लक्ष्मी बस्नेत बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको मुद्दामा हदम्याद सकिएका कारण बलात्कारको अभियोजन हुने सम्भावना कम छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको मुद्दामा बलात्कारको कसूरबारे अभियोजन हुने सम्भावना कम देखिएको छ। १० साउन २०७५ मा घटना भएको समयमा प्रचलित कानून ९मुलुकी ऐन० मा बलात्कारका घटनामा मुद्दा चलाउने हदम्याद ६ महीना मात्र थियो। […]
न्यूजमधेश सम्बादाता महेन्द्रनगर, ११ श्रावण ।कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको […]